काठमाडौँ । नेपालीहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिद्वारा आयोजित तिजोत्सव २०८२, शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
संघको महिला उद्यम समितिकी संयोजक श्रुती श्रर्माको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीको उपस्थिति थियो ।
साथै विशिष्ठ अतिथिको रुपमा बुढिगंगा गाउँपालिकाकी उपाध्यक्ष श्रीमती अमृता कुमारी गच्छदार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशकी उप–सचिव श्रीमती जानुका न्यौपाने, नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष श्रीमती गिरिजा सारडा, जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी नायव उपरीक्षक श्रीमती कोपिला चुँडाल र नेपाल पत्रकार महासंघकी अध्यक्ष श्रीमती शुशिला पाठकको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको औपचारिक सत्रमा स्वागत मन्तव्य दिँदै समितिकी संयोजक श्रुती श्रर्माले उपस्थित सबैलाई तिज पर्वको शुभकामना दिई भई घर, समाज र देशलाई सम्मुन्नत बनाउन महिलाहरुले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताएकी थिइन् ।
साथै, उनले महिलाहरुले शारीरिक र मानसिक स्वास्थ्यको पनि ख्याल राखी आफ्नो ईच्छा, चाहना र लक्ष्यलाई मूर्त रुप दिनुपर्ने र त्यसको लागि आत्मविश्वासका साथ एकजुट भएर आफ्नो व्यक्तिगत, व्यवसायिक, सामाजिक र राजनितिक जीवनमा योगदान दिन अघि बढ्नु पर्ने आवश्यकता रहेको औँल्याएकी थिइन् ।












प्रतिक्रिया