नाइमा मोबिलिटी एक्स्पोमा माज्दा सीएक्स–६० सार्वजनिक


काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को चौथो दिन मिडसाइज क्रसओभर एसयूभी माज्दा सीएक्स–६० सार्वजनिक भएको छ।

पारामाउन्ट मोटर्सले माज्दा सीएक्स–६० शनिबार भृकुटीमण्डमा सार्वजनिक गरेको हो। नयाँ प्लेटफर्ममा आधारित यस गाडीले सन्तुलित पर्फर्मेन्स, स्मार्ट सेफ्टी, आरामदायी इन्टेरियर र आक्रामक डिजाइनको साथ नयाँ सब युगको सुरुवात गर्दछ। चाहे सहरका सडक हुन् वा नेपालको पहाडी बाटोको यात्रालाई एक अद्वितीय अनुभवमा रूपान्तरण गर्ने क्षमता राख्दछ।

यो २ हजार ५०० सीसी क्षमताको स्काई अक्टिभ पेट्रोल इन्जिनमा उपलब्ध छ। जसले १८५ हर्स पावर तथा २५० एनएम टर्क प्रदान गर्छ। यसमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन छ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  १२ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।