इनरुवा नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम


काठमाडौँ । सुनसरीको इनरुवा नगरपालिका, नगरकार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक सार्वजिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । विकास योजना तथा कार्यक्रमहरुको प्रगति विवरण सार्वननिक सहित सोमबार साझेदारी नेपाल इनरुवा सुनसरीको सहजिकरणमा नगरकार्यपालिकाको कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आर्थिक वर्षको वार्षिक आम्दानी, खर्च तथा अधावधिक विवरण र सम्पपन्न गरेको योजनाहरुको सार्वजनिक सुनुवाईमा प्रस्तुत गरेको हो । नगरपालिकामा चालु आर्थिक वर्षको हालसम्म सञ्चालन भएका, सम्पन्न भएका योजना तथा कार्यक्रम समग्र आयव्ययको सार्वजनिक सुनुवाइ गरेको नगर प्रमुख केदार भण्डारीले बताए ।

नगरपालिकाले कार्यतालिका सार्वजनिक गर्दै नगरपालिकाले सञ्चालन गरेको विकासहरु, सम्पन्न गरेका योजनाहरु, प्रवाह गरेको सेवाको सन्तुष्टीका बारेमा जनतासंग साक्षातकार गर्नलाई सार्वजनिक सुनुवाई कार्यक्रम गरेको भण्डारीले बताए ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।