काठमाडौँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलका विद्यार्थीहरूले बैङ्ककमा सम्पन्न वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डमा ऐतिहासिक सफलता हात पारेका छन्। कूल १० जना विद्यार्थीयुक्त प्रिमियरको टोलीले ९ गोल्ड र ३९ सिल्भर पदक जित्दै, येल विश्वविद्यालयमा हुने प्रतिष्ठित टुर्नामेन्ट अफ च्याम्पियन्स २०२५ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।
यस यात्राको नेतृत्व गरेकी कक्षा ११ की श्रुति श्रेष्ठ ले नेपाली शैक्षिक इतिहासमा ऐतिहासिक अध्याय कोर्दै तीन महत्वपूर्ण सम्मान एकैसाथ जितिन्ग्लो बल च्याम्पियन स्कलर, जेएसी खोर अवार्ड रवर्ल्ड स्कलर्स कप हल अफ फेममा स्थान बनाउने नेपालकै पहिलो विद्यार्थी बनिन्। उनले एक्लै ११ वटा स्वर्ण र ४ वटा रजत पदक जित्दै आफ्नो बेजोड प्रतिभा प्रस्तुत गरिन्।
प्रतिस्पर्धा अत्यन्त चुनौतीपूर्ण थियो—विश्वका ३० देशका ५२००ं विद्यार्थीहरूको भीडमा प्रिमियरटोलीले ज्ञान, सिर्जनशीलता र आत्मविश्वासका साथ नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलायो। उद्घाटन समारोहमा नेपालका लागि झण्डा बोकेर सान्वी उपाध्यायले राष्ट्रको प्रतिनिधित्व गर्नु पनि टोलीको एक गर्वको क्षण रह्यो।
नेपालको पहिलो र एकमात्र आईबी कन्टिनम स्कूलका रूपमा प्रिमियरले फेरि एकपटक प्रमाणित गरेको छ—नेपाली विद्यार्थीहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गर्न सक्छन्, र शिक्षा केवल किताबसम्म सीमित होइन, त्यो जीवनलाई नै प्रभावित गर्ने यात्राको सुरुवात हो।












प्रतिक्रिया