प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपिओ निष्काशन गर्न लागेको शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सनराइजक्यापिटललाई नियुक्त


काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निर्जीवन लघुबीमा कम्पनीको हैसियतले २०८० जेठ ८ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी मिति २०८० असार ३१ गतेदेखि लघु निर्जीवन बीमालेख जारी गर्दै आईरहेको छ ।

बीमाको पहुँच बाहिर रहेका समुदायलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित कम्पनी न्यून आय भएका सीमान्तकृत वर्गका व्यक्तिलाई बीमा सेवा प्रदान गर्दै तथा बीमाको सहज पहुँच दिलाइ आर्थिक जोखिमहरू व्यवस्थापन गर्न र अप्रत्याशित घटनाहरू विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न सहायता पुर्याउदै आएको छ । कम्पनीले आफ्नो लक्षित वर्गको आवश्यकता र आकांक्षाहरुलाई पुरा गर्न विविध लघुबीमालेखहरु मार्फत पहुँच योग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउदै आएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।