वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले घट्दा कर्जा प्रवाह २ अर्ब रुपैयाँले वृद्धि


काठमाडौँ । पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा उल्लेख्य मात्रामा कमी आएको आउँदा कर्जा प्रवाह सामान्य बढेको छ । साउन २५ गतेको तुलनामा साउन २६ गते वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्बले घट्दा कर्जा प्रवाह २ अर्ब रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप रकम ६४ खर्ब ८५ अर्ब रुपैयाँबाट घटेर ६४ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको हो । अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन भने ७ खर्ब ५४ अर्ब रुपैयाँमा स्थिर रहको छ । समग्र बैंकिङ्ग प्रणालीको कुल निक्षेप ७२ खर्ब ३९ अर्ब रुपैयाँबाट घटेर ७२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।

यो एक दिनको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो दिन ४९ खर्ब ५७ अर्ब रुपैयाँ रहेको कुल कर्जा प्रवाह बढेर ४९ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको हो । अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ६ खर्ब २१ अर्ब रुपैयाँमा स्थिर रहेको छ । समग्र बैंकिङ्ग प्रणालीको कर्जा प्रवाह ५५ खर्ब ७८ अर्ब रुपैयाँबाट बढेर ५५ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप घटदा र कर्जा प्रवाह बढ्दा बैंकहरुको कर्जा निक्षेप अनुपातमा सामान्य वृद्धि भएको छ । सीडी रेसियो ७६.०७ प्रतिशतबाट बढेर ७६.२० प्रतिशत पुगेको छ । यस्तै बैंकहरुबीचको अन्तरबैंक ब्याजदर पनि २.६८ प्रतिशतबाट बढेर २.७५ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।