काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से २७.१४ अंकले घटेर २७६१.२२ अंकमा पुगेको छ ।
गत साताको कारोबार अन्तिम दिन २.६२ अंकले बढेर २७८८.३६ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ पुगेको थियो ।
आइतबार कारोबारमा आएका ३१७ कम्पनीका २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयरहरु ८६ हजार ६६९ पटक किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार सबै उपसुचक राताम्मे देखिएका छन् । जीवन बीमा समूह ९३.६९ अंकले घटेको बजारमा निर्जीवन बीमा समूह ८५.०६ अंकले घटेको छ । उत्पादन तथा प्रशोधन समूह ७६.७२, लघुवित्त समूह ६६८.७८, व्यापार समूह ६८.५२, अन्य समूह ३५.६८, विकास बैंक समूह ३०.३३, जलविद्युत समूह २७.७५, वित्त समूह २३.४१, होटल तथा पर्यटन समूह २३.४१ अंकले घट्दा बैंकिङ समूह १५.०१ अंकले घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको म्याचुअल फण्डको इकाई मूल्य ७.९३ प्रतिशतले बढेको छ । उपर स्यानर्जी हाइड्रोपावरको सेयर मूल्य ६.२९, कालिका पावरको सेयर मूल्य ५.९६, उपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.७६ प्रतिशतले बढेको बजारमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ४.७ प्रतिशतले बढेको छ ।
यता, सम्पदा लघुवित्तको सेयर मूल्य ७.०६ अंकले घटेको छ । ट्रेड टावरको सेयर मूल्य ५.८८, प्रभु स्मार्ट फण्डको इकाई मूल्य ४.९१, ग्रीन विकास बैंकको सेयर मूल्य ४.७९ प्रतिशतले बढ्दा एनआइसी एसिया बैंकको सेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ ।
नेपाल रिइन्स्योरेन्स ५१ करोड ६७ लाख २ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानामा छ । कारोबारमा संख्याको आधारमा ट्रेड टावर ४ हजार ९९८ पटकको कारोबार सहित अग्रस्थानमा छ ।
आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब १० अर्ब ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ कायम भएको छ । बिहिबार कुल बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड ३५ लाख २१ हजार रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया