नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने दिने आज सोमबार अन्तिम दिन रहेको छ।

कम्पनीले गत साउन ३ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गरेको छ। जसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि बिक्री खुला गरेको छ।

कम्पनीका शेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट समेत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  ०९ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।