उपकार लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त


काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती भएको छ । कम्पनीले भाद्र १२ गते बिहीबार देखि लागु हुने गरी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

अब कम्पनीको नेपाल स्टक एक्सचेन्ज/सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत कारोबार भई आएका शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रारसँग सम्बन्धी सम्पूर्ण कार्यहरु एनआइसी एशिया क्यापिटल मार्फत हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।