काठमाडौँ । जोय स्टोर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत र २० प्रतिशत आइफोन र म्याकबुकका एक्सेसरीहरुमा छुट पाउने भएका छन । क्रेडिट कार्डहोल्डरहरुलाई इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन । सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ ।










प्रतिक्रिया