काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतले हुने आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
सोहीअनुसार जारी पुँजीको १ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई शेयरको १० प्रतिशतले हुन आउने ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो ।
आयोजना प्रभावितलाई छुट्याइएको शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् । प्रभावितले नबिल बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा, रुपन्देही, एनएमबि बैंकका तानशन, पाल्पा र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकका तानसेन, पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।












प्रतिक्रिया