सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो


काठमाडौँ । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३३७.४९ अमेरिकी डलर र चाँदी ३७.९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।