काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसुचक ९.७० अंकले घटेर २७६७.२० अंकमा पुगेको छ । नेप्से परिसुचकमा आएको गिरावसँगै कारोबार रकम पनि खुम्चिदै गएको छ ।
बुधबार ५३ हजार ८५३ पटकको कारोबारमा १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयरहरु ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँमा किनबेच भएका छन् । कारोबारमा आएका ३२३ कम्पनीमध्ये १८८ कम्पनीको सेयर मूल्य घट्दा ५९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।
मंगलबार नेप्सेमा ९.७६ अंकको सुधार आएर २७८०.१५ अंकमा पुग्दा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबार होटल तथा पर्यटन समूह १४१.४३ अंकले बढेको बजारमा अरु सबै उपसुचक राताम्मे देखिएका छन् ।
विकास लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
बुधबार सबैभन्दा बढी कमाउने कम्पनीको शीर्षस्थानमा २५ करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार सहित नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । हिमालयन रिइन्स्योरेन्स २१ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार सहित दोस्रो स्थानमा रहँदा १९ करोड ४० लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार सहित चन्द्रागिरी हिल्स तेस्रो स्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब २० अर्ब ९३ करोड २२ लाख रुपैयाँ कायम भएको छ । मंगलबार कुल बजार पूँजीकरण ४६ खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया