मुख्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका सेयर बिक्री गर्दै


काठमाडौँ । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४ लाख ४०४ कित्ता सेयरहरु शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री आहवान गरेको छ । जसमा मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३ सय ७२ कित्ताको न्यूनतम मूल्य ३०० र न्यूनतम आवेदन ५ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य ३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ताको न्यूनतम मूल्य ३३० र न्यूनतम आवेदन १ हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ताको न्यूनतम मूल्य १०० र न्यूनतम आवेदन १ हजार ३१५ कित्ता सेयरहरु बिक्रीमा राखिएका छन् ।

इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम १०० तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३ बजेभित्र बुझाउनु पर्नेछ । प्राप्त बोलपत्रहरु मिति २०८२ साल भाद्र २५ गते बिहान ११ बजे कार्यालयमा खोलिनेछ । यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका सेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्र दाताहरुलाई बिक्री गरिनेछ । मुख्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावली अनुसार गर्ने छ ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।