काठमाडौँ । बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार भदो १ गतेको तुलनामा भदो २ गते निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेर ७२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन कुल निक्षेप संकलन ७२ खर्ब ३६ अर्ब रुपैयाँ थियो । वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेर ६४ खर्ब ८३ अर्ब रुपैयाँ पुग्दा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ७ खर्ब ५४ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन सामान्य बढ्दा कर्जा प्रवाहमा भने उत्साह देखिएको छ । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ । भाद्र १ गते ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह भाद्र २ गते ५५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो ।
यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ६७ अर्ब रुपैयाँ पुग्दा अन्य बैंक तथा वित्तीय संंस्थाहरुको कर्जा प्रवाह ६ खर्ब २१ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।
निक्षेपको तुलनामा कर्जा प्रवाहमा बढी वृद्धि हँदा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) मा सामान्य सुधार आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार सिडी रेसियो ७६.१७ प्रतिशतबाट बढेर ७६.२३ प्रतिशत पुगेको छ ।
अन्तर बैंक ब्यादर भने स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार भारित औषत अन्तरबैंक ब्याजदर २.६५ प्रतिशतमा स्थिर रहेको छ ।












प्रतिक्रिया