नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ भाद्र ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी LAXPERIENCE २०२५ आयोजना गर्ने भएको छ।
यस प्रदर्शनीलाई हुन्डाई, बीएमडब्लु, जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लु को सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ।
आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।
कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्। साथै, नेल आर्ट, मेहेन्दी, निस्शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन्।












प्रतिक्रिया