काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहकहरुले कन्सल्टेन्ट ओपीडी, इमर्जेन्सी ओपीडी, जेनेरल बेड पर डे, क्याबिन पर डे, आइसीयू बेड पर डे, एनआइसीयू बेड पर डे, पोस्ट अपरेटिभ रूम पर डे, जेनेरल सर्जरी, ओर्थोपेडिक, गायनेकोलोजी, ल्यापारोस्कोपिक सर्जरी, पाथोलोजी टेस्ट, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, ईको, एन्डोस्कोपी, मेडिसिन जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।












प्रतिक्रिया