काठमाडौँ । नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल फोर्थिङ फ्राइडे ले “फ्राइडे टु फ्राइडे, २०२५–२०३०” नामक ५ वर्षे विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीको दाबी छ।
नेपालमा फोर्थिङ फ्राइडे ईभी लाई लक्ष्मी ई–मोबिलिटी, प्रतिष्ठित लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरकले बजारमा ल्याएको हो।
५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स – थप वित्तीय सुरक्षाको लागि, ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा – निश्चिन्त सवारी मर्मतका लागि र हरेक खरिदमा ७ किलोवाट चार्जर – घरमै सजिलो चार्जिङ समाधानका लागि फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले सुविधा पाउने छन् ।
यस अफरसँगै फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम ईभी ब्रान्डका रूपमा स्थापित गरेको छ।










प्रतिक्रिया