माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट


काठमाडौँ । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको थियो।

कम्पनीको मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । सोहीमध्येका १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकामध्ये ४ जना भाग्यशालीले थप १र१ कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् ।

यसरी बाँडफाँट गर्दा शेष रहेको ४ कित्ता सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। अर्थात ४ जनाले कम्पनीको ११ कित्ताका दरले शेयर प्राप्त गरेका थिए।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार  १० : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।