लगातारको गिरावट पछि सेयर बजारमा दोहोरो अंकको सुधार


काठमाडौँ । लगातारको गिरावट पछि सेयर बजारमा दोहारो अंकको सुधार आएको छ । सोमबार नेप्से २१.३० अंकले बढेर २७६१.२६ अंकमा पुगेको छ ।

कारोबारमा आएका ३१७ कम्पनीका १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५७ हजार १५७ पटक किनबेच हुँदा ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्से १८.०२ अंकले घटेर २७३९.९५ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार जीवन समूह ८९.३६ अंकले बढेको बजारमा लघुवित्त समूह ८१.९९ अंकले बढेको छ । अन्य समूह ७४.५१, विकास बैंक समूह ६२.५०, निर्जीवन बीमा समूह ५४.४१, होटल तथा पर्यटन समूह ३७.३० अंकले बढेको छ ।

नारायणी विकास बैंक, विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । साना किसान विकास लघुवित्तको सेयर मूल्य ५.२६ प्रतिशतले बढ्दानेपाल रिइन्स्योरेन्सको सेयर मूल्य ५.१० प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स ७६ करोड ९६ लाख ७७ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । हिमालयन रिइन्स्योरेन्स २३ करोड ३९ लाख ५४ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । कारोबार संख्याको आधारमा पनि २ हजार ८९८ पटकको किनबेच सहित शीर्षस्थानमा छ ।

सोमबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब १४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । आइतबार बजार पूँजीकरण ४५ खर्ब ७८ अर्ब ३२ करोड ५३ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।