विश्वको अग्रणी स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ । केवल ८.९३ मि.मि. पातलो र २२९ ग्राम तौल भएको ‘ओप्पो फाइन्ड एन५’ विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल हो। यसमा ८.१२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो, र ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिन्छ । यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ। स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म मा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट परफर्मेन्स अनुभव दिन्छ ।
‘ओप्पो फाइन्ड एन५’ पहिलो फोल्डेबल हो जसले आईपीएक्स ९ वाटर रेजिस्टेन्स प्राप्त गरेको छ। यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सन हिंज प्रयोग गरिएको छ जसले उच्च स्तरको मजबुती सुनिश्चित गर्छ। यसमा पहिलो पटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएको छ, जसले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउँछ। कलरओएस १५ मा आधारित यसमा कॉल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आइओएस डिभाइसहरूसँग सिमलेस कनक्टिभिटी जस्ता फिचरहरू छन्। यो १६ जीबी राम ं ५१२ जीबी स्टोरेज भर्सनमा रु। २,४९,९९९ मा उपलब्ध छ र ० प्रतिशत ईएमआई योजनासहित बिक्री सुरु भएको छ ।












प्रतिक्रिया