काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक ४.८३ अङ्कले बढेर २७६६.०९ बिन्दुमा कायम भएको हो ।
आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा लगानी समूह ०.१०, उत्पादन तथा प्रशोधन ०.६८, लघुवित्त ०.४८ र निर्जीवन बीमा समूह ०.१० प्रतिशतले घटेको छभने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.१४, विकास बैंक ०.९६, वित्त ०.१२, होटल तथा पर्यटन ०.१७, जलविद्युत् ०.०७ र जीवन बीमा समूह ०.०६ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फन्ड ०.१३, व्यापार ०.११ र अन्य समूह १.४२ प्रतिशतले बढेको छ ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको शेयर मूल्य ३.६६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ४८ करोड ९५ लाख ७८ हजार २२४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन ८०–२० को ६ लाख ५२ हजार ८२ कित्ता शेयर किनबेच भएको छ ।












प्रतिक्रिया