सुनको मूल्य प्रतितोला २ लाख नजिक, बुधबार ३ सय रुपैयाँ बढ्यो


काठमाडौँ । सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ । सुनको मूल्य बुधबार तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७७.७१ अमेरिकी डलर र चाँदी ३८.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।