काठमाडौँ । बिहीबार सुनको मूल्य २ लाख पुग्न ६०० रुपैयाँ मात्र बाँकी रहेको छ । गत साउन २४ गते नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज बिहीबार सोही मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३८९.९६ अमेरिकी डलर र चाँदी ३८.७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया