सेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकममा भने सुधार


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा दाहारो अंकको करेक्सन आएको छ । साताको कारोबारको अन्तिम नेप्से परिसुचक ३८.१० अंकले घटेर २७८१ अंकमा पुगेको छ ।

बिहिबार ३२२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ७८ हजार ३७९ पटक किनबेच हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ बराबरको कारोेबार भएको छ ।

बुधबार नेप्से ५३.०१ अंकले बढेर २८१९.१० अंकमा पुग्दा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार नेप्से ४.८३ अंकले बढेर २७६६.०९ अंकमा पुग्दा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ कारोबार भएको थियो ।

विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लौलुङ्गखोला जलविद्युत को सेयर मूल्य ३.६२ प्रतिशतले बढेको बजारमा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ३.४१ बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स ६५ करोड ४४ लाख ३ हजार बराबरको कारोबार सहित शीर्षस्थानमा छ ।

बिहिबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार कुल बजार पूँजीकरण ४७ खर्ब १० अर्ब ८५ करोड ४५ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।