काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै तोलाको २ लाख नाघेको छ । सुनको मूल्य आज शुक्रबारमात्र १ हजार ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारका लागि तोकेको यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४०८.५१ अमेरिकी डलर र चाँदी ३८.८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया