काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट कायम रहेको छ । आइतबार नेप्से परिसुचक ३१.१७ अंकले घटेर २७४९.८३ अंकमा पुगेको छ ।
कारोबारमा आएका ३२१ कम्पनीका १ करोड ४८ लाख ५ हजार ५९६ कित्ता सेयरहरु ९ हजार १७४ पटक किनबेच हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत साताको कारोबार अन्तिम दिन बिहिबार नेप्से ३८.१० अंकले घट्दा कारोबार रकम ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ कायम भएको थियो ।
निर्जीवन बीमा समूह १४२.४४ अंकले घटेको बजारमा जीवन बीमा समूह १३१.४८, विकास बैंक समूह ९३.१७, होटल तथा पर्यटन समूह ७५.९९ अंकले घटेको छ ।
उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ६.७७ प्रतिशतले बढेको छ । आशा लघुवित्तको सेयर मूल्य ४.१६ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ४५ करोड ४६ लाख ४५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबार संख्याको आधारमा विकास हाइड्रोपावर ३२ हजार ३९२ पटकको किनबेच सहित अग्रस्थानमा छ ।
आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४५ खर्ब ९५ अर्ब ९ करोड ११ लाख ६८ हजार रुपैयाँ कामय भएको छ । बिहिबार कुल बजार पूँजीकरण ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया