नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल : विशेष साधारण सभामा उपस्थितिका लागि आग्रह


भाद्र ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षा पछि नाडालाई विधानतस् महासंघमा लैजाने निर्णयार्थ भाद्र २४ गते, मङ्गलबार बिहान ११ बजे, द प्लाजा, झम्सिखेल, ललितपुरमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ।

केन्द्रीय कार्यसमितिको यस्तो ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा लैजान नाडाका सदस्हरूको निर्णायक र अहम भूमिका हुने भएकोले उपस्थितिका लागि अनुरोध गरेको छ।

स्वयम सदस्यको लामो समय देखिको इच्छ्या, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको र यसले नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हक हितको समेत समुचित रुपमा संरक्षण हुने भएकोले गरिमामय उपस्थितिका लागि अनुरोध गरेको छ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।