सुन–चाँदीको मूल्यले दैनिक रेकर्ड बनाउँदै


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले गत शुक्रबारदेखि दैनिक रेकर्ड बनाउँदै आउको छ । तीजपछि लगातार रेकर्ड कायम गर्दै आएको सुनले आज सोमबार पनि नयाँ रेकर्ड बनाएको हो । शुक्रबारदेखि सुनको मूल्य २ लाख माथि लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको छ । सुनको उक्त मूल्य हालसम्मकै उच्च हो । आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँमा कायम भएको छ । आइतबार चाँदी प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४७५.४ अमेरिकी डलर र चाँदी ४०.४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।