काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२.०३ अङ्कले बढेर २ हजार ७६१.८६ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२६ कम्पनीका १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा व्यापार समूह ०.८५ र अन्य समूह ०.०३ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह १.५०, विकास बैङ्क ०.५२, वित्त ०.१४, होटल तथा पर्यटन ०.४३, जलविद्युत् ०.०८ र लगानी समूह ०.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ०.३६, लघुवित्त ०.२७, म्युचुअल फन्ड ०.१६ र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेको छ ।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै, सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.६८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोड ८ लाख २३ हजार १८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको ९ लाख १ हजार ५४७ कित्ता शेयर खरिदबिक्री भएको छ ।












प्रतिक्रिया