मोरङ उद्योग व्यापार संघले व्यवसायिक स्थलहरुको सुरक्षार्थ(अग्नी सुरक्षा र वीमा नीतिहरु) विषयक सेमिनारको आयोजना गरेको छ ।ु (सुरक्षित कार्यस्थल, सुरक्षित भविष्य) भन्ने नाराका साथ उद्योगीरव्यवसायीहरुलाई आ–आफ्नो व्यवसायिक स्थलको अग्नी जोखिम व्यवस्थापन तथा सुरक्षात्मक वीमा नीतिहरु बारे विज्ञहरुबाट जानकारी गराउने उद्देश्यले सो सेमिनार आयोजना गरिएको थियो ।
संघका कार्यसमिति सदस्य एवं वीमा तथा वित्तीय समन्वय समितिका संयोजक अमित राठीको संयोजकत्वमा आयोजित उक्त सेमिनारलाई संघका अध्यक्ष अनुपम राठीले सभापतित्व गरेका थिए भने संघका महासचिव संजय कुमार श्रेष्ठले उक्त सेमिनारलाई संचालन गरेका थिए । नेपाल वीमा प्राधिकरण, कोशी प्रदेशकी प्रमुख प्रिति देव र विराटनगर महानगरपालिकाका नगर निरिक्षक राजन पौडेल समेतको उपस्थिति रहेको उक्त सेमिनारमा अग्नी जोखिम व्यवस्थापन विज्ञ मनोज खत्री र वीमा विज्ञ प्रज्वल आचार्यले सहजीकरण गरेका थिए ।
सेमिनारको औपचारिक सत्रमा स्वागत मन्तव्य दिँदै अध्यक्ष अनुपम राठीले कार्यस्थलमा सुरक्षात्मक विधिहरु अपनाउनाले मानव जीवन, सम्पत्ति र व्यवसायलाई जिवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । साथै, उनले आ–आफ्नो कार्यस्थलमा उपलब्ध भवन, मेसिन, कच्चा पदार्थ, तयार वस्तुहरु सहित कर्मचारी, आगन्तुक र ग्राहक समेतको सुरक्षालाई ध्यान दिनु प्रत्येक उद्योगी व्यवसायीको दायित्व रहेको बताएका थिए ।
साथै सेमिनारका सहजकर्जाहरु अग्नी जोखिम व्यवस्थापन विज्ञ मनोज खत्री र वीमा विज्ञ प्रज्वल आचार्यले सेमिनारमा सहभागीहरुलाई सेमिनारमा कार्यस्थलको सुरक्षार्थ आवश्यक अग्नी जोखिम व्यवस्थापन विधीहरु, वीमा नीतिहरु, उपयोगी सुरक्षा उपकरण तथा यन्त्रहरु आदि बारे जानकारी र प्रयोगात्मक अभ्यास गराएका थिए ।
सेमिनारमा सहभागी विभिन्न औद्योगिक व्यवसायिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरु तथा उद्योगी व्यवसायीहरुले सेमिनारबाट प्रदत्तित जानकारी र प्रयोगात्मक अभ्यासहरु आफ्नो कार्यस्थलका लागि अत्यन्त उपयोगी र लाभदायी रहेको धारणा प्रकट गरेका थिए ।












प्रतिक्रिया