काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.८९ अङ्कले घटेर २ हजार ७४१.९७ विन्दुमा कायम भएको छ ।
आज ३ सय २३ कम्पनीको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ ०.४९, विकास बैंक ०.३९, वित्त ०.८८, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.९६, लगानी ०.७६ र जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन ०.८०, लघुवित्त ०.९७, म्युचअल फन्ड ०.२८, निर्जीवन बीमा ०.७०, व्यापार १.९७ र अन्य समूह ०.५३ प्रतिशतले घटेको छ ।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २२ करोड ७० लाख ४५ हजार ८१४ रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको ५ लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच भएको छ ।












प्रतिक्रिया