काठमाडौँ । फोनपे र सीटीपेबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच सम्झौतापत्रमा फोनपेका सिइओ दिवश कुमार सापकोटा र सीटीपेका सीइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा बोल्दै फोनपेका सिइओ दिवस सापकोटाले भने, “हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु हाम्रो यात्रामा एक महत्वपूर्ण कदम हो। प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र नेपालका जनताको लागि अझ मूल्यवान बनाउँछ। हाम्रो उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउन हो।”
सीटिपेका सीईओ विनय रेग्मीले बताए, “यो साझेदारी केवल प्रविधिबारे होइन—यो लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने बारे हो। सिटीपे र फोनेपे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तत्काल लेनदेन गर्न सक्षम बनाउनेछन्। यो एकीकरणले देशभर ग्राहकहरूलाई सहज, भरपर्दो भुक्तानी अनुभव सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।” साथै उनले भुक्तानीको भविष्य प्रतिस्पर्धाको होइन सहकार्यको हो ।
यस महत्वपूर्ण साझेदारीलाई विशेष बनाउन, सिटीपेले आफ्ना मूल्यवान ग्राहकहरूका लागि फोनेपे नेटवर्कमार्फत गरिने क्यूआर कारोबारमा आधारित विशेष पर्व–अभियान घोषणा गरेको छ। २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म सिटीपे वालेट प्रयोगकर्ताले प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश गर्नेछन्।
अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसुङ ब्रान्ड टेलिभिजन प्राप्त गर्नेछन्। विजेताहरू मासिक रूपमा घोषणा गरिने बताएका छन्।












प्रतिक्रिया