सुनको मूल्यमा नयाँ कीर्तिमान कायमै, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यता, दैनिक रेकर्ड कायम गरेको चाँदीको मूल्य बुधबार भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
बुधबार चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ४८५ रुपैयाँमा किनबेच भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५३६.५६ अमेरिकी डलर र चाँदी ४०.७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।