नेप्से परिसूचक १५ अङ्कले घट्यो


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.६४ अङ्कले घटेर २ हजार ७२६.३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँमा खुम्चिएको हो ।

आजको कारोबारमा म्युचुअल फण्ड ०.२२ र व्यापार समूह ०.०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.५५, विकास बैंक ०.८५, वित्त ०.७६, होटल तथा पर्यटन ०.९३, जलविद्युत् ०.९३, लगानी ०.५४ र जीवन बिमा ०.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.६९, निर्जीवन बिमा ०.३९ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य ६.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ३३ करोड ८० लाख २२ हजार ५२४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।