काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से ६.५५ अंकले घटेर २७१९.७७ अंकमा पुगेको छ ।
बिहिबार ६९ हजार २४ पटकको कारोबार १ करोड २७ लाख १ हजार ९७ हजार कित्ता सेयरहरु ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँमा किनबेच भएका छन् ।
बुधबार नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुग्दा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहिबार हिम स्टार ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बिध्यवासिनी हाइड्रोपावर को सेयर मूल्य ६.०७ प्रतिशतले बढेको बजारमा माथिल्लो मैलुङ खोला जलविद्युत को सेयर मूल्य ६.०५, उपकार लघुवित्तको सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ ।
यता, बाराही हाइड्रोपावरको सेयर मूल्य ३.८३ प्रतिशतले घटेको बजारमा पिपुल्स पावरको सेयर मूल्य ३.४५, दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ३.४५, ग्रीन विकास बैंकको सेयर ३.३० प्रतिशतले घटेको छ ।
कारोबारको रकमको आधारमा नेपाल रिइन्स्योरेन्स ३५ करोड ३५ लाख ७० हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा छ । कारोबार संख्याको आधारमा हिमालयन बैंक ८ हजार ११० पटकको कारोबार सहित शीर्षस्थानमा छ ।
बिहिबारको कोरोबारसँगै कुल बजार पूँजीकरण ४५ खर्ब ४६ अर्ब ७४ करोड ३१ लाख २७ हजार रुपैयाँ कायम भएको छ । बुधबार कुल बजार पूँजीकरण ४५ खर्ब ५७ अर्ब ७० करोड २१ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया