काठमाडौँ । दरबारमार्गस्थित ल्यान्डमार्क होटल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ। भदौ १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा दुबै पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।
प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर श्री रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटल तथा रिसोर्टको तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरी एकअर्कालाई सम्झौता हस्तान्तरण गरेका थिए।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट बिल भुक्तानी गरेमा ल्यान्डमार्क होटल तथा रिसोर्टका विभिन्न शाखाहरू—चितवन, पोखरा, काठमाडौं, तनहुँ, र भैरहवा—बाट प्रदान गरिने सेवा तथा सुविधामा विशेष छुट पाउनेछन्। आवास सेवामा विशेष संस्थागत छुट तथा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ।
हालै ूबैंक अफ द इयर २०२३ू को उपाधिबाट सम्मानित प्रभु बैंकका देशभर ३१२ शाखा, २५६ एटीएम र ४८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरी उच्चस्तरीय सेवा दिँदै आएको छ।












प्रतिक्रिया