नेप्से परिसुचकमा लगातार दोहोरो अंकको गिरावट कायमै


काठमाडौँ । सेयर बजार परिसुचकमा लगातार दोहोरो अंकको गिरावट कायम रहेको छ । सोमबार नेप्से ३५.९९ अंकले घटेर २६७२.२५ अंकमा पुगेको छ ।

सोमबार ५९ हजार ७०४ पटकको कारोबारमा १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयरहरु ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँमा किनबेच भएका छन् ।

आइतबार नेप्से ११.५२ अंकले घटेर २७०८.२५ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ४० करोड २७ लाख रुपैयाँ कायम भएको थियो ।

सोमबार हिमस्टार ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढ्दा बाराही हाइड्रोपावरको सेयर मूल्य ५.२८ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल रिइस्योरेन्स ३० करोड ६८ लाख ५७ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा युनिभर्सल पावर ५ लाख ६४ हजार ५४३ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा हिमालयन बैंक ४ हजार ६१४ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

सोमबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।