जेनजी प्रदर्शनपछिको कर्फ्यु प्रभाव: बैंक तथा सेयर बजार बन्द


काठमाडौँ । मंगलबार धितोपत्र बजार र कर्फ्यु जारी गरिएका जिल्लाका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन्।

नेप्सेले सूचना निकालेर  कारोबार गरेको हो ।

यसअनुसार, लगानीकर्ताहरूले मंगलबार शेयर किनबेच गर्न पाउने छैनन् ।

यसका साथै कर्फ्यु लागेका क्षेत्रका बैंकका सेवाहरू पनि उपलब्ध हुने छैनन्। सामान्य अवस्थामा रहेका अन्य क्षेत्रका बैंकहरू भने खुल्ला रहनेछन्।

यसले सर्वसाधारण र व्यवसायिक कारोबारमा केही प्रभाव पर्ने देखिएको छ ।

सोमबार जेनजी समूहको प्रदर्शनमा सरकारले दमन गर्दा बानेश्वरमा १७ जना र इटहरीमा दुई जना गरी १९ जनाको मृत्यु भएको थियो । साथै ४ सयभन्दा बढी घाइते भएपछि मंगलबार बिहानीदेखि प्रदर्शन भइरहेको छ ।

 

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।