काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ । मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख १४ हजार ७०० रूपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ११ ६०० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
मंगलबार चाँदी प्रतितोला २ हजार ५१५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६५४.७१ अमेरिकी डलर र चाँदी ४१.४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया