काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ किर्तीमानी रेकर्ड बनाएको छ । शुक्रबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेसँगै २ लाख १५ हजार नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८०० रूपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि उच्च विन्दुमा पुगेको छ । शुक्रबार चाँदी तोलामा ६० रुपैयाँले बढेसँगै उच्च मूल्यमा कायम भएको हो ।
शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६५४.६ अमेरिकी डलर र चाँदी ४२.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया