काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द रहेको सेयर बजार बुधबारदेखि खुल्ने भएको छ । देशमा देखिएको परिस्थितिका कारण लगानीकर्तामा देखिएको त्रासमा कारण बन्द गरिएको बजार बुधबारबाट खुन्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्याकारी अधिकृत (सिइओ) चुडामणी चापागाईँले जानकारी दिए ।
अहिले परिस्थिति सहज भएकोले बुधबारबाट बजार खुलाउने तयारी भएको सीईआो चापागाईको भनाइ छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनको कारण आम नागरिक लगानीकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको भन्दै सेयर लगानीकर्ता संघहरूले संयुक्त विज्ञप्ति जारी गरेर कारोबार रोक्न माग गरेका सेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले बजार बन्द गर्न माग गरेका थिए ।
धितोपत्र ऐनले बोर्डको निर्देशनमा बढीमा पाँच दिनलाई सेयर बजार बन्द गर्न सक्ने व्यवस्था गरेको छ। यसै आधारमा नेप्सेले भदौ २९ देखि असोज २ गतेसम्म कारोबार रोक्का गर्ने नयाँ निर्णय गरेको थियो ।
नेप्सेल यसअघि पनि विभिन्न परिस्थितिमा बजार बन्द गर्दै आएको थियो ।
नेप्सेले २०७२ सालमा आएको भुकम्पपछि लगानीकर्ताको मनोबल घटेको भन्दै बजार बन्द गरेको थियो । यस्तै,२०७६ सालमा कोरोना भाइरसका कारणले सबैतिर त्रास फैलिएपछि पनि बजार बन्द गरिएको थियो ।












प्रतिक्रिया