काठमाडौँ । एक सातापछि खुलेको सेयर बजार परिसुचक नकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको दुई मिनेटमै नेप्से उच्च अंकले घटेपछि कारोेबार २० मिनेटको लागि बन्द गरिएको छ ।
कारोबार अवधिमा नेप्सेमा १०७.०४ अंकले घटेको छ । यो अवधिमा कारोबारमा आएका २०० कम्पनीका ३ लाख ३४ हजार २७५ कित्ता सेयरहरु १ करोड ५६ लाख ६१ हजार रुपैयाँमा किनबेच भएका छन् ।












प्रतिक्रिया