काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।
संस्थाको १९ औं साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा गत आवको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।
साथै, चालु आवको लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरेको छ ।










प्रतिक्रिया