क्लासिक टेकको दशैं अफर दुई वर्षको इन्टरनेट सेवा, एक वर्षको शुल्कमा


काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैंलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले ू२ वर्षको इन्टरनेट, १ वर्षको मूल्यमाू भन्ने योजना ल्याउँदै ग्राहकहरूलाई थप सुविधा दिने घोषणा गरेको हो। यो अफर अन्तर्गत, ग्राहकहरूले स्पीडको इन्टरनेट जडान गर्दा मात्र रु ४४३ प्रति महिना मा वाई फाई सिक्स राउटर प्राप्त गर्न सक्नेछन्।

वाई फाई सिक्स राउटरले एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेटको स्पीड घट्न नदिने, ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने, कम लेटेन्सीको सुविधा प्रदान गर्ने, डबल ब्याण्डको प्रयोगमार्फत स्थिर र तीव्र इन्टरनेट सेवा दिने तथा ब्याट्री बचत फिचरजस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध गराउँछ।

क्लासिक टेकले प्रविधिमा नवप्रवर्तन र सेवामा गुणस्तर कायम राख्दै, ग्राहकहरूको आवश्यकता अनुसार भरपर्दो र उच्च गतिको इन्टरनेट सेवा दिन प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।