सानिमा बैंक लिमिटेडको लाभांश घोषणा


काठमाडौँ । सानिमा बैंकको २०८२ आश्विन ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८१८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ । कुल ७.३६८५ प्रतिशत नगद (कर सहित) लाभांशमा १ अर्ब ७ लाख रुपैंया ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको वितरण हुने बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनी महानुभावहरूलाई लाभांश वितरण गरिनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए।टि।एम।हरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।