सुनको मूल्य तोलामा ११ सयले बढ्यो, चाँदी ऐतिहासिक विन्दुमा


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेसँगै ऐतिहासिक विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार ६२० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६८५.७८ अमेरिकी डलर र चाँदी ४३.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।