काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला २ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६९२.३ अमेरिकी डलर र चाँदी ४३.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया