महेश बरालसहित ३ सहसचिवको जिम्मेवारी हेरफेर


काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । महेश बरालसहित ३ सहसचिवको जिम्मेवारी हेरफेर भएको हो ।

अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका बराललाई सरुवा गरेर सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रमा पठाइएको छ ।

बराललाई सरुवा गरेर वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सरुवा भएका छन् । यस्तै वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुखमा भने महेश आचार्यलाई लगिएको छ ।

 

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  १५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।