नवनियुक्त चार मन्त्रीले गरे शपथग्रहण


काठमाडौँ । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।
तर, मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ ।

शपथ ग्रहण समारोहमा सहभागी हुन सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।